नेपाली चलचित्र ‘दि कर्मा’ भदौमा रिलिज हुने

नेपाली चलचित्र ‘दि कर्मा’मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । चलचित्रको छायांकन सकेर पोष्ट प्रोडक्शनमा पुगेपछि मात्र यी तीन कलाकारको अभिनय रहेको निर्माण पक्षले खुलाएको हो । कलाकारहरुले कस्तो चरित्र निभाएका छन् त्यो भने गीत र ट्रेलर आएपछि मात्र खुलासा गर्ने निर्माता जय राज रायले बताए । चलचित्र घोषणाताका मूख्य नायिकाको छनौट बाँकी नै थियो ।

 

चलचित्रमा परमिता र नीताले प्रमूख भूमिका निभाएका छन् र बुद्दीको भूमिका पनि प्रमूख रहेको बताईएको छ । यसै चलचित्रमा भारतका मोडल तथा कलाकार करण वर्माको पनि प्रमुख अभिनय छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा भएको छ ।

 

जय राज रायको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । जय राज राय र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बनेको छ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रायले बताए । नेपालमा यो चलचित्र आगामी भदौ महिनामा रिलिज गरिने बताईएको छ ।

प्रतिकृया दिनुहोस

बलिउडका प्रख्यात निर्देशक सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे

       बलिउडका प्रख्यात निर्देशक तथा पटकथाकार तथा निर्माता सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे। उनले ओशो तपोवनका

छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिए

  दिपकराज गिरी र दीपाश्री निरौला फिल्म छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् । हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म

महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर

                                 आमीर खानले बनाउने फिल्म महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर गरिएको छ । सलमानले कृष्णको रोल कसले गर्ने