कालिका हिमालय नमुना माध्यामिक बिद्यालयमा बिद्युतीय हाजिरी शुरु

रसुवा जिल्लामा नै पहिलो पटक सामुदायिक विद्यालय तर्फ कालिका गाउँपालिका वडा नम्वर २, कालिकास्थानमा  स्थित कालिका हिमालय नमुना माध्यामिक बिद्यालयमा बिद्युतीय हाजिरी शुरु गरिएको छ । मंगलबार विद्यायलमा आयोजित विद्यालयएक कार्यक्रमका बीच कालिका हिमालय नमुना माध्यामिक बिद्यालय ब्यवस्थापन समितिका अध्ययक्ष मेघनाथ घिमिरेले पहिलो पटक मेशिनमा औंठा लगाएर बिद्युतीय हाजिरीको उद्घाटन गरेको बिद्यालयका प्रधानअध्यापक आशा हाम्वुङ लिम्वुले जानकारी दिए ।  


विद्यालयका शिक्षक र कर्मचारीहरुका लागि यो हाजिरी प्रयोग गरिने प्रधानअध्यापक लिम्वुले बताए । बिद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा यस अघि अन्य बिभिन्न प्रविधि भित्राईसकेकाले प्रविधिको उच्चतम प्रयोगका लागि पनि बिद्युतीय हाजिरी शुरु गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्ययक्ष मेघनाथ घिमिरले बताए ।बिद्युतिय हाजिरीको प्रयोगले शिक्षक तथा कर्मचारीहरुलाई स्वनियमनका लागि सहयोग पु¥याउने घिमिरेकोे  भनाई छ ।

 

नेपाल कृषि वन प्रतिष्ठानको सहयोगमा जडान गरिएको बिद्युतिय हाजिरीमा शिक्षक तथा कर्मचारी गरी ४० जनाले हाजिरी गर्ने हाललाई परिक्षणको रुपमा राखिएको  र सिसीटिभी पनि बिद्यालयलाई उपलब्ध गराइएको  नेपाल कृषि वन प्रतिष्ठान रसुवाका कार्यक्रम अधिकृत बिराज तामाङले बताए । यसै बिच रसुवा जिल्लाको सरकारी बिद्यालय प्रति अविभावक र बिद्यार्थीको आकर्षण दिन प्रतिदिन घटिरहेको र सरकारी शिक्षकहरु बिद्यालयमा भन्दा बाहिर बढी समय बिताउन थालेपछि शिक्षकहरुलाई तह लगाउन  रसुवाको कालिका गाउपालिकाको सरकारी बिद्यालयमा अब बिद्युतीय हाजिरी शुरु गरिने भएको छ ।


सरकारी बिद्यालय प्रति बिद्यार्थी तथा अभिभावकको आकर्षण बढाउनदेखी शिक्षकलाई कडाई गर्न कालिका गाउपालिकाले यस्तो रणनिति अपनाएको छ ।  गाउपालिकाले शिक्षकलाई सम्मान गर्ने,बिद्यार्थीलाई खाजा खर्च देखी बिद्युतीय हाजिरीको समेत ब्यबस्था गरिने भएको छ । यस  आर्थिक बर्षदेखी नै लागु हुनेगरी माध्यमिक बिद्यलाय तथा आधारभुत बिद्यालयका २ जना बिषयगत शिक्षकलाई गाउँपालिकाले सम्मान गर्ने भएको कालिका गाउँपालिका  कार्यालयले जनाएको छ । 

 

एक  माध्यमिक र एक आधारभुत बिद्यलायलाई सम्मान गरिने प्रशासकिय अधिकृत मोहन कृण्ण श्रेष्ठले  बताए । गाउपालिकााले शिक्षक देखी बिद्यालयलाई समेत सम्मान गर्ने योजना ल्याएको छ भने शिक्षकहरुलाई नै तह लगाउन हाजिरीको समेत ब्यबस्था गरेको छ । बिद्यलायको आन्तरिक प्रशासन ब्यबस्थापन गर्ने उद्धेश्यले सबै सामुदायिक बिद्यालयहरुमा बिद्युतीय हाजिरीको ब्यबस्थापन गरीने भएको छ ।


महंगो शुल्क तिरेर निजि बिद्यालय तिर बिद्यार्थीको आकर्षण बढन थालेपछि गाउपालिकाले चासो देखाएको हो । बिद्यालय सुधार योजना नै लागु गरेर गाउपालिकाले नयाँ शैक्षिक रणनिति अपनाएको छ । सरकारी बिद्यालयको गुणस्तर उकास्नका लागी बिभिन्न खालका कार्यक्रम ल्याएको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपानले बताए ।
 

प्रतिकृया दिनुहोस

आज पनिदशैको टीका लगाइदै

३ कात्तिक,नुवाकोट –आज पनिदशैको टीका लगाइदै  बडादशै अन्तर्गत आज पनि नवदुर्गा भवानीको प्रसाद टिका र जमरा लगाएर मान्यजन बाट आशिषलिन व्यस्त छन् । एकै

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५ पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।   कन्टेनर डिब्बा

गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५ पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले