उत्कृष्ट प्रदर्शनसँगै सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ भए

 

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। दिल्ली डेयरडेभिल्सबाट यसअघि बैंगलोरविरुद्ध डेब्यु गरेका सन्दीपले पहिलो खेलमै विकेल लिएर सनसनी मच्चाएका थिए । शुक्रबारको खेलमा दिल्ली ३४ रनले विजयी भयो।

 

सन्दीपले दोस्रो खेलमा पनि कम रन दिँदै सुरेश रैनाको विकेट लिए । चार ओभर बल फ्याकेका सन्दीपले २१ रन दिँदै १ विकेट लिए । उनले तेस्रो ओभरको पहिलो बलमा रैनालाइ विजय शंकरबाट क्याच गराएका थिए।  उत्कृष्ट प्रदर्शनसँगै सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ भए । सोबापत उनले एक लाख भारतीय रुपैयाँ पाए।

 

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै १६८ रन बनायो । दिल्लीका लागि ऋषभ पन्तले ३८, विजय शंकरले ३६ र हर्षल पटेलले अविजित ३६ रन बनाएका थिए।  १६९ रनको विजय लक्ष्य पछ्याएको चेन्नइले निर्धारित ओभरमा ६ विकेको क्षतिमा १२८ रनमात्र बनायो।

 

चेन्नईका लागि अम्बाती रायूडुले अर्धशतक पार गर्दै ५० रन बनाएका थिए भने रवीन्द्र जडेजाले २७ रन जोडे।  चेन्नईले प्लेअफमा स्थान बनाइसकेको छ भने दिल्लीको प्लेअफमा पुग्ने सम्भावना टरिसकेको छ।
 

प्रतिकृया दिनुहोस

एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनलमा

  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।    नेपाल आज

फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

                बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल