“बाल बालिकाको सर्वाङ बिकासमा पोषण” शिर्षकमा बक्तृत्वत्वकला सम्पन्न

 

पोषण सप्ताह कार्यक्रम अन्तगर्त विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको छ । दुप्चेश्वर गाउपालिकाको आधारभुत  स्वास्थ र सरसफाई शाखा द्वारा आयोजित  बिद्यालय स्तरीय बक्तृत्वत्वकला  आयोजनामा पोषण सप्ताह मनाईको हो ।  पोषण सप्ताहको अवसरमा बक्तृत्वत्वकला  माध्यमवाट  विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका विषयमा जानकारी गराईएको छ । 
“बाल बालिकाको सर्वाङ बिकासमा पोषण” शिर्षकमा भएको बक्तृत्वत्वकला  प्रतियोगितामा दुप्चेश्वर गाउ पालिका स्तरीय  बिद्यालय सहभागीता रहेको थियो ।


बक्तृत्वत्वकला प्रतियोगितामा  भार्ले माविका सुनिता तामाङले नगद र पदक ५हजार रुपैया सहित    प्रथम भएकी छिन यसै गरी सस्वती माबिका सानुमाया तामाङपदक र नगर  ४हजार रुपैया पाउनु भएकाृ छ  र तृतिय महादेव माबिका रिदम तामाङले नगल ३हजार रुपैया र सात्वना पुरस्कार रुक्मीणी माबिका किरण तामाङ ले नगद २हजार रुपैया र कदर प्रत्र प्रदान गरिएको   जिल्ला जनस्वास्थकार्यालय नुवाकोटका  प्रोषण अधिकृत  जर्नादन सिलवालले जानकारी दिनु भयो 
 


कार्यक्रमको सहजिकरण गर्दै जिल्ला स्वास्थय कार्यालय प्रोषण अधिकृत  जर्नादन सिलवालले बालबालिका लाई विद्यालय स्तरमा स्वास्थ्य शिक्षाको विषयमा जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । बालबालिकालाई हात हुने खाना खाने देखि लिएर ब्रस गर्न सिकाउने विषयमा जानकारी गराउनको लागी शिक्षक अभिभावकहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । दुप्चेश्वर गाउपालिका शिक्षा  समिति  मिन श्रेष्ठले बालबालिकालाई कुपोषणबाट जोगाउनको लागी नेपाल सरकारले दिवाखाजाको व्यवस्था गरेको बताउनु भयो ।

 

बालबालिकाको लागी रकहम आएपनि सहिरुपमा सदुपयोग हुन नसकेको बताउनु भयो । आगामी शैक्षिकशत्रबाट विद्यालयमा नै बालबालिकालाई खाजा बनाएर खुवाउने विषयमा समिक्षा गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले कार्यक्रम समापनको क्रममा बोल्दै बालबालिकालाई पढाउनु मात्रै ठुलो कुरा नभएको भन्दै बालबालिकालाई स्वस्थ राख्न आवश्यक रहेकोमा जोड दिनु भयो । साथै उहाँले बालबालिकालाई ज्ञान आर्जन गर्नको लागी पनि स्वथ्य र तन्दुरुस्त हुनु पर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५ पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।   कन्टेनर डिब्बा

गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५ पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब