निर्माण व्यवसायी संघले पे्रस विज्ञप्ति गर्दै सरकारलाई दिए यस्तो चेतावनी

 

नुवाकोट निर्माण व्यवसायी संघले आज पे्रस विज्ञप्ति गर्दै जिल्लामा संचालित ढुङ्गा,गिट्टी र वालुवाको उत्खनन र प्रशोधनको लागि दिर्घकालिन कानुन बनाउन सरोकारवाला निकायहरुसँग माग गरेका छन । पत्रकार सम्मेलनमा नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले सरकारले छिटो काम गर्न दबाव दिने तर निर्माणजन्य सामाग्रीको उत्खनन पनि गर्न नदिने गरेकाले निर्माण व्यवसायीहरु दोहोरो मारमा परेका बताए ।

                   

 

सरकार र स्थानिय तहले समयमा काम नसक्ने निर्माण व्यवसायीहरुलाई कालो सुचिमा राखी कारवाही गर्ने बताईरहेका छन । तर व्यवसायीहरुले निर्माणजन्य सामाग्रीको मुल्य बढीरहँदा, काम गर्ने मानिसहरुको अभावका साथै कामदारहरुको ज्याला अधिक बृधि हँुदा समेत सरकार मौन बसेको, मुल्य नियन्त्रण गर्न पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । निर्माणजन्य सामाग्रीको अभावले निर्माण कार्य समयमा नै सक्न मुस्किल हुने संकेत गर्दै नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष अधिकारीले सरकारको सबै निकायमा तिर्नुपर्ने सेवा शुल्क र कर तिरेपनि व्यवसायिहरुको मर्का  राज्यले  नबुझेको गुनासो समेत गरे ।

 

उनले सरकारले व्यवसायीहरुको मागलाई ध्यान नदिएको भन्दै यस्तै अवस्था रहिरहे घर निर्माणको समयसिमा असार मसान्त ग्रजने बताए । सबोच्च अदालतले गत हप्ता मात्र नुवाकोटका क्रसर उधेग बन्द गराउन आदेश दिएपछि जिल्ला प्रहरीले नुवाकोटका क्रसरहरु उद्योग बन्द गराएको थियो । यसले गर्दा जिल्लामा निर्माणजन्य सामाग्रीहरुको अभाव भएको छ र भुकम्पपिडितहरु थप मारमा परेका छन । व्यवसायीहरुले आफनो मागको विषयमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यलय र सबै स्थानिय तहहरुमा समेत अवगत गराउने बताएका छन ।  
 

प्रतिकृया दिनुहोस

आज पनिदशैको टीका लगाइदै

३ कात्तिक,नुवाकोट –आज पनिदशैको टीका लगाइदै  बडादशै अन्तर्गत आज पनि नवदुर्गा भवानीको प्रसाद टिका र जमरा लगाएर मान्यजन बाट आशिषलिन व्यस्त छन् । एकै

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५ पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।   कन्टेनर डिब्बा

गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५ पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले