सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने

सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका संसदमा २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरुमा प्राविधिक तथा व्यवसायिक महाविद्यालय समेत स्थापना गर्ने बताइन् ।


बुँदागत रुपमा हेरौं


–श्रव्य, दृश्यमाध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।
–सबै शहरमा शिक्षासँग सम्बन्धित सम्पूर्ण पूर्वाधार तयार पारी सम्पन्न बनाइने छ ।
–आधारभूत शिक्षा अनिवार्य र निशुल्क गरिनेछ ।
–भर्ना अभियान गर्ने उमेर समूहका बालबालिकालाई प्रत्येक वर्ष अभियान मार्फत भर्ना गरिनेछ ।
–यसै शैक्षिक सत्रमा कक्षा १ मा भर्ना भएका बालबालिकालाई माध्यमिक तहसम्मको शिक्षा पूरा गर्ने व्यवस्था मिलाइने छ ।
–विद्यालय छाड्ने कारणबारे अध्ययन अनुसन्धान गरी सुधारका लागि कार्यक्रम सञ्चालन गरिनेछ । औपचारिक शिक्षा छाडेका विद्यालय पढ्ने उमेरका बालबालिकालाई विद्यालय फर्काउने वा विद्यालय पढ्ने उमेर नाघेकालाई प्राविधिक तथा व्यवसायिक शिक्षा उपलब्ध गराइने छ ।
–औपचारिक शिक्षासँग आबद्ध हुन चाहनेलाई खुला तथा बैकल्पिक व्यवस्थाको व्यवस्था मिलाइने छ ।
–शिक्षामा निजी लगानीको नियम गरी शैक्षिक क्षेत्रमा भएको विषयमता हटाउइनेछ ।
–प्रत्येक विद्यालयलाई बालमैत्री विद्यालय निमार्ण गरिनेछ ।
–अपांगमैत्री पूर्वाधारयुक्त विद्यालय निर्माण गरी प्रत्येक वर्षमा विद्यालय विकास गरिनेछ ।
–विद्यालय शिक्षाको पाठ्यक्रममा राष्ट्रियता र देशप्रेम भावनाको विकास गर्ने, उच्च नैतिक चरित्रको विकास गर्ने विषय समावेश गरिनेछ र आर्दश र उच्च गुणस्तरयुक्त नागरिक बनाइने छ ।
–उच्च शिक्षालाई विशिष्टिकरण गरिनेछ ।
–विश्वविद्यालयहरुलाई सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गरिनेछ ।
–प्रदेशहरुमा प्राविधिक तथा व्यवसायिक महाविद्यालय स्थापना गरिनेछ ।
–स्थानीय तहमा पोलिटेक्निक स्थापना गरिनेछ ।
–विद्यालय तहदेखि नै जीवन उपयोगी व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिँदै अनुपात बढाइनेछ ।
–विज्ञान र प्रविधीको क्षेत्रमा अध्ययन अध्यापन र अनुसन्धान गर्ने विशिष्ट प्रतिष्ठानका रुपमा मदनभण्डारी विज्ञान प्रविधि तथा अध्ययन प्रतिष्ठान स्थापना गरिनेछ ।

प्रतिकृया दिनुहोस

एसइई परीक्षाको नतिजा असारको दोस्रो सातामा प्रकाशित गर्ने तयारी

  कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण

त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउने

 त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउन सुरु गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डाक्टर तीर्थराज खनियाँले एकै

प्रहरीबाट विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे पढाइ

ट्राफिक प्रहरी भन्ने वितिकै सडकमा गाडी चेकजाँच गर्ने, सडकमा सवारीको व्यवस्थापन गर्ने बुझिन्छ। तर पछिल्लो समय ट्राफिकको परिचय यतिमै सिमित छैन्।