आईपीएलबाट नेपाल चिनाएँ - सन्दीप लामिछाने

मंगलबार स्वदेश फर्किएका सन्दीपको लागि तस्बिर परिणाम

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मार्फत नेपाललाई चिनाउन पाएकोमा खुसी भएको बताएका छन्। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएर मंगलबार स्वदेश फर्किएका सन्दीपले आफ्नो आईपीएल यात्रा अविस्मरणीय भएको उनले सुनाए।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दिल्ली डेयर डेभिल्समा रहेर धेरै कुरा सिक्न पाएको बताए। ‘आईपीएलमा नेपाललाई चिनाउने राम्रो मौका पाएँ’ , उनले भने, ‘आगामी दिनमा पनि नेपाल र नेपाली क्रिकेटलाई चिनाउने काममा लाग्नेछु।’ उनले त्यहाँ सिकेका कुरा नेपाली क्रिकेटमा प्रयोग गर्ने बताए।

 

उनले पहिलो खेलमा गरेकोे प्रदर्शनकै आधारमा कारण बाँकी दुई खेलमा पनि मौका पाएको बताए। उनले आफ्नो आईपीएल यात्रा अविस्मरणीय रहेको बताए। ‘आईपीएल अविस्मरणीय रह्यो। पाएको अवसर राम्रोसँग सदुपयोग गर्न सकें’, सन्दीपले भने। एयरपोर्टमा उनलाई स्वागत गर्न समर्थकको बाक्लो उपस्थिति रहेको थियो।

 

अाईपीएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीपले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेर स्वदेश फर्किएका हुन् । आईपीएलको यो सिजनमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला तीन खेलमात्र खेल्ने अवसर पाएका १७ वर्षीय सन्दीपले तीनवटै खेलमा विकेट लिएर आफ्नो सनसनीपूर्ण खेल प्रदर्शन गरेका थिए । 

 

- साभार अन्नपूर्ण

प्रतिकृया दिनुहोस

विश्वकप फुटबलको खेलतालिका - नेपाली समयअनुसार

यहि जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले

नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित

आईपिएल को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दै

  भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । यसअघि चेन्नईले दुई तथा