मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागे

 

फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ ।

 

यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ र गलत आरोपका कारण व्यवसायमा असर परेको भन्दै आफ्नो कार्यालय बन्द गरेको घोषणा गरिसकेको छ । युरोपेली सांसदका प्रश्नको जवाफ दिँदै जुकरवर्गले फेसबुकका टुल्सलाई हानी पुर्‍याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए ।

 

उनको भनाइबाट युरोपेली संसद्का सबै सदस्य सन्तुष्ट नभएको बताइएको छ । केही सांसदहरुको जिज्ञासाको जवाफ जुकरबर्गले नदिएपछि सांसदहरु असन्तुष्ट भएका हुन् । यसअघि गत अप्रिलमा जुकरबर्गसँग अमेरिकी संसद्मा सवाल जवाफ गरिएको थियो । तर, युरोपेली सांसदहरुसँगको सवाल जवाफको तरिका भने अमेरिकी संसद्को भन्दा फरक थियो । सबै सांसदहरुले एउटा प्रश्न सोधिसकेपछि जुकरबर्गले ती सबै प्रश्नको एकमुष्ट जवाफ दिएका थिए । तर सबै जिज्ञासाहरुको जवाफ नदिएको बताइएको छ ।

 

-एजेन्सी

प्रतिकृया दिनुहोस

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरे

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरेका छन् । नर्वेली समाचार

लिवियामा अमेरिकी सेनाको हवाई कारबाही

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार

स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयमा आपत्ति

युरोपेली संघ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयलाई ती देशहरुले आपत्ति जनाएका छन् । बिहीबार रातिबाटै