प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण

नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण गराई सफल परीक्षण समेत गरिएको छ ।

 

नयाँ हेलिप्याडबाट अब गम्भीर बिरामी तत्काल काठमाडाँै लान, आकस्मिक परेका जो सुकै पनि हवाई मार्गबाट आवतजावत गर्न र राति हेलिकोप्टर राख्नुपरेमा सहज रुपले सुरक्षा दिनसमेत सहज भएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताउनुभयो । तत्कालीन जिल्ला पञ्चायतद्वारा २०३९ सालमा हेलिप्याड तथा खेल मैदानको प्रयोजनका लागि भनी निर्मित मैदानमा विगतका प्रशासकद्वारा हेलिकोप्टर बसाउन रोक लगाइएको थियो ।

 

मंगलबार मध्याह्न आफूले पहिलो पटक सो हेलिप्याडमा हेलिकोप्टर अवतरण गराएको र हेलिप्याड उपयुक्त भएको अल्टिच्यूड हेलिकोप्टरका पाइलट एवं उडान व्यवस्थापक सोवित गौतमले बताउनुभयो । हेलिप्याडमा जानका लागि स्वास्थ्य मन्त्रालयको सहमतिमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाको परिसरबाट करीब ५०० मिटर नयाँ सडक पनि निर्माण भएको बताइएको छ । 

 

- रासस 

प्रतिकृया दिनुहोस

नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने

  नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिए

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फलफूल र लाङटाङ

चीनको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृहका लागि नुवाकोटमा जग्गाको पहिचान गरियो

        चीन सरकारको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृह (डिपो) निर्माणस्थलका लागि नुवाकोटमा जग्गाको पहिचान गरिएको छ ।  उद्योग वाणिज्य तथा