त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउने

 त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउन सुरु गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डाक्टर तीर्थराज खनियाँले एकै दिनमा लब्धांक पत्र उपलब्ध गराउन ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’  सेवाको उद्घाटन गर्नु भएको हो । 

कीर्तिपुरमा रहेको विश्वविद्यालयमा सुरु गरिएको यो सेवाले लब्धांक पत्र लिनका लागि महिनौं कुर्नुपर्ने कठिनाईलाई सहज बनाएको खनियाँले बताउनुभयो । उपकूलपति खनियाँले विश्वविद्यालयलाई प्रविधिमय बनाउँदै लैजाने बताउनुभएको छ । यो प्रविधि सुरु भएसँगै २४ घण्टा भित्र विश्वविद्यालयका विद्यार्थीहरुले आफनो लब्धांक पत्र लिन पाउनेछन ।

विश्वविद्यालयले परीक्षासम्बन्धी सबै व्यवस्थापन अनलाइन सेवाबाट विस्तार गर्ने योजना पनि अघि सारेको छ । विश्वविद्यालयले संघीय संरचना अनुसार प्रदेश र क्षेत्रीय स्तरमा पनि शाखा कार्यालय खोल्ने योजना बनाएको पनि उपकूलपति खनियाँले बताउनुभयो  ।

प्रतिकृया दिनुहोस

एसइई परीक्षाको नतिजा असारको दोस्रो सातामा प्रकाशित गर्ने तयारी

  कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण

सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने

सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका संसदमा २०७५÷०७६ को नीति तथा कार्यक्रम

प्रहरीबाट विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे पढाइ

ट्राफिक प्रहरी भन्ने वितिकै सडकमा गाडी चेकजाँच गर्ने, सडकमा सवारीको व्यवस्थापन गर्ने बुझिन्छ। तर पछिल्लो समय ट्राफिकको परिचय यतिमै सिमित छैन्।