आईपिएल को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दै

 

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । यसअघि चेन्नईले दुई तथा हैदरावादले एक पटक उपाधि जितिसकेका छन् । जारी प्रतियोगिताको लिग चरणको अंक तालिकामा हैदरावाद पहिलो र चेन्नई दोस्रो नम्बरमा थियो । यी दुई टिमबीच भएको पहिलो क्वालिफायरमा चेन्नईले हैदरावादलाई दुई विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

 

चेन्नईसँग पराजित भएपछि हैदरावादले फाइनलमा स्थान बनाउनका लागि कोलकाता नाइटराइडर्ससँग प्रतिश्पर्धा गर्नु परेको थियो । जारी प्रतियोगितामा चेन्नई र हैदरावाद तीन पटक आमने–सामने भइसकेका छन् । तीनैपटक चेन्नई विजयी भएको थियो । आइपिएलमा अहिलेसम्म यी दुई टिमबीच ९ पटक प्रतिश्पर्धा भइसकेको छ । जसमा चेन्नईले ७ वटा खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ भने हैदरावादले दुईपटक मात्र चेन्नईलाई पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस

एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनलमा

  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।    नेपाल आज

फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

                बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल