स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयमा आपत्ति

युरोपेली संघ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयलाई ती देशहरुले आपत्ति जनाएका छन् । बिहीबार रातिबाटै लागू हुने गरी स्टील आयातमा २५ र एलुमिनियम आयातमा १० प्रतिशत कर लगाइने निर्णय अमेरिकाले गरेपछि बेलायतसहितका अमेरिकका मित्र राष्ट्रले नै आपत्ति जनाएका हुन् । असन्तुष्ट युरोपेली संघ र मेक्सिकोले त्यसका बदलामा आफूहरुले पनि कदम चाल्ने बताएका छन् ।

 

यसअघि अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले अमेरिका निर्यात हुने स्टील र एलुमिनियमाथि कर लगाइने प्रावधानलाई रोक्ने प्रयास गरिरहेका ईयूका नेताहरुसँगको वार्तास्थल पेरिसबाटै त्यस्तो निर्णयको घोषणा गरेका हुन् । वार्तामा पर्याप्त प्रगति नभएपछि उठाइएको कदममा मित्र राष्ट्रका प्रतिक्रिया स्वाभाविक रहेको टिप्पणी विदेशमन्त्री रसको छ । फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेएरले अमेरिकी कर अनुचित र खतरनाक हुने भन्दै ईयूले अमेरिकाले लगाएको करको जवाफ दिन सबै आवश्यक उपाय अपनाउने चेतावनी दिए ।

 

युरोपेली आयोगका अध्यक्ष जँ क्लोड युङ्करले कर लागू गर्ने अमेरिकी निर्णय अस्वीकार्य रहेको भन्दै त्यसविरुद्ध सबै उपाय अपनाइने टिप्पणी गरे । मेक्सिकोले अमेरिकी स्टील र कृषि उत्पादनमा पनि उस्तैखाले प्रावधान लागू गर्ने जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण जनाउँदै गत मार्चमा विदेशबाट आयात गरिने स्टील र एलुमिनियममा कर लगाउने योजना सार्वजनिक गरेका थिए ।

- रासस

प्रतिकृया दिनुहोस

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरे

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरेका छन् । नर्वेली समाचार

लिवियामा अमेरिकी सेनाको हवाई कारबाही

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार

मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागे

  फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति