नुवाकोटको ओखरपौवाका स्थानीयको अवरोधका कारण बिहानदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरुद्ध

 

नुवाकोटको ओखरपौवाका स्थानीयको अवरोधका कारण आज बिहानदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जन अवरुद्ध भएको छ । काठमाडौंको तीनपिप्लेदेखि फोहोर फालिँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै स्थानीयले फोहोर बोकेर आएका गाडीलाई अवरोध गरेको प्रहरी चौकी ओखरपौवाका प्रमुख प्रहरी सहायक निरीक्षक पशुपति पाठकले जानकारी दिए ।

 

उनका अनुसार स्थानीयवासीको अवरोधले काठमाडौंबाट फोहोर बोकेर आएका करिब १०० गाडी अहिले तीनपिप्ले क्षेत्रमा नै रोकिएका छन् । काठमाडौं महानगरपालिकामार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको करिब नौ किलोमिटर सडकमा जारी रहेको कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै फोहोरका गाडी रोक्न बाध्य भएको स्थानीयवासीको भनाइ छ ।

 

‘कुनै स्थानमा दुई लेनको कालोपत्रे भएको छ, कहीँ सडकसमेत छोपिएको छैन,’ स्थानीय लालबहादुर बलामीले भने, ‘ठूलोखोलादेखि प्रहरी चौकीसम्मको तीन किलोमिटर सडकमा नाम मात्रको कालोपत्रे भएकाले विरोधमा उत्रिएका हौँ ।’ यसअघि पनि धेरैपटक जनप्रतिनिधिमार्फत ठेकेदारलाई सचेत गराउँदा पनि सुनुवाइ नभएपछि अवरोध गरिएको उनको भनाइ छ । काठमाडौं उपत्यकामा दैनिक उत्पादन हुने एक हजार ५०० टनभन्दा धेरै फोहोरको विसर्जन ओखरपौवास्थित सिसडोलमा हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने

  नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिए

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फलफूल र लाङटाङ

चीनको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृहका लागि नुवाकोटमा जग्गाको पहिचान गरियो

        चीन सरकारको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृह (डिपो) निर्माणस्थलका लागि नुवाकोटमा जग्गाको पहिचान गरिएको छ ।  उद्योग वाणिज्य तथा