छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिए

 

दिपकराज गिरी र दीपाश्री निरौला फिल्म छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् । हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म ‘छक्का पञ्जा ३’ बाट उनले हात झिकेका हुन् ।  फिल्मको शुभमुहूर्तको अघिल्लो दिनमात्र यो फिल्ममा खेल्ने निधो गरेका पुष्पले आफ्नो भुमिका सानो भएका कारण फिल्म छोडेको बुझिएको छ । 

 

पुष्पले भूमिका राम्रोसँग नबुझाइएको, स्क्रिप्ट नदिएको र १० सिन भनिएको ठाउँमा अन्तिममा आएर ५ सिन मात्र रहेको जानकारी पाएपछि फिल्म छाडेको विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा उनले बताएका छन् । 

 

त्यस्तै ‘छक्का पञ्जा ३’ का निर्माता तथा कलाकार दीपकराज गिरीले पुष्पले फिल्मबाट हात झिकेको पुष्टि गर्दै पुष्पलाई फिल्ममा गेस्ट रोलका लागि भनेर अनुबन्ध गरेको र गेस्ट एक्टरलाई पूरा स्क्रिप्ट नदिने बताउदै पुष्पको ठाउँमा अभिनेता संजोग कोइरालालाई भित्राएको जानकारी दिएका छन् । 

 

दीपाश्री निरौलाले निर्देशन गरिरहेको यो फिल्ममा दीपकराजसँगै दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
 

प्रतिकृया दिनुहोस

बलिउडका प्रख्यात निर्देशक सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे

       बलिउडका प्रख्यात निर्देशक तथा पटकथाकार तथा निर्माता सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे। उनले ओशो तपोवनका

नेपाली चलचित्र ‘दि कर्मा’ भदौमा रिलिज हुने

नेपाली चलचित्र ‘दि कर्मा’मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । चलचित्रको छायांकन सकेर

महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर

                                 आमीर खानले बनाउने फिल्म महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर गरिएको छ । सलमानले कृष्णको रोल कसले गर्ने