बलिउडका प्रख्यात निर्देशक सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे

      Image result for सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे

बलिउडका प्रख्यात निर्देशक तथा पटकथाकार तथा निर्माता सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे। उनले ओशो तपोवनका संन्यासीसँग सहजै घुलमेल भई करिब दुई घण्टाको छोटो भ्रमण रमाइलै गरी मनाए। ओशो तपोवनका सञ्चालक स्वामी आनन्द अरूणले तपोवनमा स्वागत गर्दै तपोवनले प्रकाशित गरेका ओशोको साहित्य बडो चाखसँग अवलोकन मात्रै गरेनन् कि ‘शिक्षा में क्रान्ति’, ‘आर्ट अफ इन्लाइटेनमेन्ट’ सहित केही अन्य गहकिला ओशेका पुस्तक पनि पढ्नका लागि पनि छाने।

 

ओशोसँगको परिचय सन् १९७८ देखि भएको र सिने जगतका आफ्ना पुराना मित्र विनोद खन्ना ओशोको संन्यासी भएको कुरा सम्झिए। यो जगत भन्दा परको अर्को सत्य देख्ने क्षमता ओशोमा भएकोले सदा नयाँ कुरा ओशोबाट सिक्न पाएको तथ्य उजागर गर्दै ओशोको यही विशेषताले गर्दा फिल्मी जगतमा पनि ओशोको प्रभाव बढी रहेको कुरा बताए। ओशो तपोवनको ओशो समाधिमा गएर एक छिन ध्यानमा बसेपछि उनी समाधिको नजिकै गएर भावविभोर भई आँखा चिम्लेर नमनको भावमा उभिरहे।

 

तपोवनमा बनेको नयाँ भवनका सुविधाजनक कोठाहरु देखेपछि अब नेपाल आउँदा यही बस्न आउने इच्छा जनाए। समाधिमा छिर्ने ओशोको समाधिलाई नियालेर हेरे र आफ्नो मोबाइल निकालेर आफैंले समाधि र वरिपरीको दृश्य आफ्नो मोबाइलमा कैद गरे। हिरो, मेरी जंग, कर्मा, ताल, जस्ता सुपटहिट फिल्मका निर्देशकलाई आफ्नो आँगनमा देखेका सन्यासीले पनि उनीसँगै फोटो खिचाउने इच्छा जताउँदा उनी सहजै तयार देखिन्थे।

 

शिवपुरीबाबा ध्यान मन्दिरमा शिवपुरीबाबाको मूर्तिसँगै आफ्नो फोटो खिचिदिन आफ्ना सहयोगीलाई आग्रह गरे। तपोवन परिसरमा हिड्दै कुरा गर्दा उनले हिन्दी फिल्म थ्री इडियटमा ओशोका ६३ उद्वरणहरु परेको चाखलाग्दो तथ्य पनि उजागर गरे। प्रत्येक दिन ओशोलाई ३० देखि ४५ मिनेटसम्म नियमित सुन्ने गरेको रहस्य पनि खोले। आफू ७५ वर्ष पुग्दा पनि स्फूर्तिमा कमी नभएको आफू अझ जवान हुँदै आएको अनुभव हुन थालेको भन्दै ठट्टा पनि गर्न भ्याए।

 

तपोवनको खाजा खाएपछि ध्यान हलमा पुगेर अब डेढ वर्षमा ओशोको बायोपिक बनाउने कार्य शुभारम्भ हुने जानकारी गराउँदै त्यसका लागि केही तथ्यहरू स्वामी आनन्द अरुणसँग बसेर फेरि कुरा गर्ने उनले बताए। ‘यो जगतलाई प्रकाश देखाउने महान व्यक्तिहरूलाई उनीहरुको समकालिन मनुष्यताले कहिल्यै कदर गरेको छैन। ओशोलाई पनि मनुष्यताले नबुझेको मात्रै होईन सकेसम्म दुःखै दियो,’ उनले भने। ओशोको सन्देश फैलाउने कार्यमा ओशो तपोवन जस्तो आश्रम नेपालमा बनेकोमा र देशविदेशबाट मानिसहरुको यहाँ ध्यान सिक्न आएको देखेर आफू सुखद आश्यर्चमा परेको कुरा बताउँदै फेरि आउने बाचा गर्दै विदा भए।   

 

- सेतोपाटी

प्रतिकृया दिनुहोस

छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिए

  दिपकराज गिरी र दीपाश्री निरौला फिल्म छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् । हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म

नेपाली चलचित्र ‘दि कर्मा’ भदौमा रिलिज हुने

नेपाली चलचित्र ‘दि कर्मा’मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । चलचित्रको छायांकन सकेर

महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर

                                 आमीर खानले बनाउने फिल्म महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर गरिएको छ । सलमानले कृष्णको रोल कसले गर्ने