फौजदारी अभियोगमा सांसद निलम्बनमा नपर्ने व्यवस्था पारित

 

Image result for फौजदारी अभियोगमा सांसद निलम्बनमा नपर्ने व्यवस्था

संसदले प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेको छ। प्रचलित कानुनमा सार्वजनिक पद धारण गरेको व्यक्ति फौजदारी अभियोगमा पक्राउ परेमा स्वतः निलम्बन हुने व्यवस्थालाई कुल्चदैँ सांसदलाई भने यस नियमावलीले निलम्बन हुन नपर्ने सुविधा दिएको छ।

 

संसद् नियमावलीको यस्तो व्यवस्थाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद अब हत्या, अपहरण, शरीर बन्धक, राहदानी दुरुपयोग, जबरजस्ती करणी, खोटा सिक्का अपचलन, प्लेट अपहरण, मानव बेचबिखन जस्ता गम्भीर प्रकृतिका फौजदारी मुद्दामा संलग्न भए पनि सांसद निलम्बनमा पर्ने छैनन्।

 

अभियोग लाग्दैमा संसद पद निलम्बन नहुने सहमति भएपछि नेपाली कांग्रेसले संशोधन फिर्ता लिँदै नियमावलीको पक्षमा मत हालेको थियो। नियमावलीको विपक्षमा मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले मात्र मत व्यक्त गरे।

 

यस्तै नियमावलीले संसदहरुले शून्य समय र विशेष समयमा उठाएका विषयमा पाँच दिन भित्र सरकारले सुनुवाई गर्न पर्ने व्यवस्था गरेको छ। महिनामा २ पटक सांसदले सरकार प्रमुखलाई प्रश्न गर्न पाउने छन् भने प्रधानमन्त्रीले त्यसको जवाफ दिनु पर्ने नयाँ व्यवस्था कायम गरिएको छ।

 

प्रतिकृया दिनुहोस

चितवन दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु र घाइतेको संख्या १८ पुग्यो

  पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा

गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको - लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको बताएका छन् । उनले यसलाई

नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको फोटो प्रतियोगिता घोषणा

  नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा