गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको - लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको बताएका छन् । उनले यसलाई मकैमा ढुसी र काठमा धमिराको संज्ञा दिएका छन् । मुलुक परिर्वतनलाई कुशल व्यवस्थापन गर्न सक्ने जनशक्ति प्रवेश गराउनु लोकसेवा आयोगको चुनौती भन्दै उनले यसका लागि औसत नभई उत्कृष्ट मस्तिष्क भित्र्याउन सक्नुपर्ने धारणा राखे ।

 

आयोगको ६८ औं वाषिर्कोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा परिवर्तित सन्र्दभमा आयोगलाई आमूल परिर्वतन गर्न नसकिएको स्वीकार गरे । उनले आयोगले आफ्नो साख गुम्ने भयका कारण अग्रगमनतर्फ पाइला चाल्न नसकेको बताए ।आक्रामक प्रवर्तनद्धारा आमूल परिर्वतन गरी अगुवा संस्था हुन नसके पनि समयको माग अनुसार रुपान्तरण गर्ने प्रयास भने भइरहेको उनको भनाइ छ ।

 

तल्ला पदहरुमा केही हदसम्म प्रयोग गरिएको एकीकृत परीक्षालाई अब राजपत्रांकित प्रथम श्रेणीमा विस्तार गरिएको उल्लेख गर्दे अध्यक्ष मैनालीले परीक्षासम्बन्धी गोप्य काम गर्ने शाखा लगायतमा परीक्षाको प्राप्ताङ्क र क्रम दुवै थाहा नपाउने व्यवस्था गरिएको बताए । अनलाइन दरखास्त, मोबाइल एप्स लगायतका प्रविधि प्रयोग भइरहेको भन्दै उनले आउँदो साउनदेखि अनलाइन भुक्तानी प्रणाली पनि सुरु गर्ने जानकारी गराए ।

 

नेपालको संविधान बमोजिमको लोक सेवा आयोग ऐन जारी नहुँदा काम गर्न असजिलो भएको भन्दै उनले आयोग सम्बन्धी विधेयक चाडो संघीय संसदमा प्रस्तुत गर्न सरकारसंग माग गरे ।

प्रतिकृया दिनुहोस

चितवन दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु र घाइतेको संख्या १८ पुग्यो

  पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा

नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको फोटो प्रतियोगिता घोषणा

  नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा

फौजदारी अभियोगमा सांसद निलम्बनमा नपर्ने व्यवस्था पारित

  संसदले प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेको छ। प्रचलित कानुनमा सार्वजनिक पद धारण गरेको व्यक्ति फौजदारी अभियोगमा पक्राउ परेमा स्वतः