डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरे

Image result for donald trump

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरेका छन् । नर्वेली समाचार माध्यमका अनुसार नर्वेका एन्टि स्टाब्लिसमेन्ट प्रोग्रेस पार्टीका सांसदद्वय क्रिस्टियन ट्रेब्रिङ र पेर विली अमुन्डसेनले ट्रम्पको नाम सिफारिश गरेका हुन् । उत्तर कोरियाली नेता किम जुङ उनसँग गरेको ऐतिहासिक भेटले सम्बन्ध सुधारसँगै आणविक निशस्त्रीकरण र शान्तिमा महत्वपूर्ण टेवा दिएको भन्दै ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको हो ।

 

उता, अमेरिकामै भने राष्ट्रपति ट्रम्पको परोपकारी संस्था ट्रम्प फाउन्डेशनले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै न्यूयोर्क राज्यले कारबाहीको प्रक्रिया अघि बढाएको छ । न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनाल्ड ट्रम्पको तर्फबाट लगभग चेकबुकको जस्तै काम गरेर विभिन्न व्यवसाय र गैरसरकारी संस्थालाई कानुन विपरित जथाभावी रकम दिएको आरोप लगाएकी हुन् ।

 

एक दशकदेखि ट्रम्प फाउन्डेसनले त्यस्तै शैलीमा काम गरेको अभियोग लगाइएको छ । तर ट्रम्प फाउन्डेशनले भने आरोप अस्वीकार गरेको छ । ‘फोहोरी डेमोक्र्याट’हरुले मुद्दा अघि सारेको आरोप राष्ट्रपति ट्रम्पको छ । ट्रम्प फाउन्डेसनसँग सम्बन्धित अनियमितता सन् २०१६ को राष्ट्रपति चुनावमा पनि बाहिर आएको थियो ।

 

- एजेन्सी

प्रतिकृया दिनुहोस

एक घरमा ११ जनाको शव फेला

                              नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको

लिवियामा अमेरिकी सेनाको हवाई कारबाही

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार

स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयमा आपत्ति

युरोपेली संघ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयलाई ती देशहरुले आपत्ति जनाएका छन् । बिहीबार रातिबाटै