एक घरमा ११ जनाको शव फेला

                             Image result for Eleven members of a family found dead at a house in Delhi's Burari

नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ । बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका छन् । प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

प्रहरीका अनुसार आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा जालमा केही शव झुण्डिएको देखेपछि तुरुन्त वरपरका बासिन्दालाई बोलाएको र प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा घरको ढोका खुल्लै थियो । केही शव घरको आँगनमा झुण्डिएको जालमा अवस्थामा थिए भने केही शव घरभित्र पंखामा झुण्डिएका थिए । मृतक परिवारको फर्निचर र किराना पसल छ । उनीहरु सबै मिलनसार रहेको स्थानीयबासीले बताएका छन् ।

 

शनिबार राति पनि छिमेकीहरुले घरका यी सदस्यहरुलाई देखेका थिए । तर यिनीहरु कुनै समस्यामा परेको भान हुँदैनथ्यो । प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ । तर, वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने छ । सामूहिक आत्महत्या गर्ने बेला एकअर्कालाई हेर्न नचाहेकाले सबैको आँखा र मुखमा पट्टी बाँधिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिकृया दिनुहोस

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरे

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरेका छन् । नर्वेली समाचार

लिवियामा अमेरिकी सेनाको हवाई कारबाही

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार

स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयमा आपत्ति

युरोपेली संघ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयलाई ती देशहरुले आपत्ति जनाएका छन् । बिहीबार रातिबाटै