चितवन दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु र घाइतेको संख्या १८ पुग्यो

 

पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । 

 

बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको - लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको बताएका छन् । उनले यसलाई

नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको फोटो प्रतियोगिता घोषणा

  नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा

फौजदारी अभियोगमा सांसद निलम्बनमा नपर्ने व्यवस्था पारित

  संसदले प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेको छ। प्रचलित कानुनमा सार्वजनिक पद धारण गरेको व्यक्ति फौजदारी अभियोगमा पक्राउ परेमा स्वतः