फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

               Image result for france enter final

बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको सेमिफाइनलमा फ्रान्स १-० ले विजयी भयो । दुई युरोपियन प्रतिद्वन्द्वीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको ५१ औं मिनेटमा फ्रान्सले निर्णायक गोल गर्‍यो । एन्टोनियो ग्रेजम्यानको कर्नर प्रहारमा डिफेन्डर स्याुमएल उम्टीटीले निर्णायक गोल गरेका हुन् ।

 

उम्टीटीको हेडर बेल्जियमका खेलाडी मराउने फेलियानीलाई ठोक्किंदै जाली चुम्न पुगे पनि यो गोल उम्टीटीकै नाममा रह्यो ।यसपछि बेल्जियमले खेलमा लगातार आक्रमण गरे पनि फ्रेन्च गोलकिपर ह्युगो लोरिस र डिफेन्डरहरुले उत्कृष्ट बचाउ गर्दै गए । खेल १÷० ले जित्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा प्रवेश गर्‍यो । यसअघि सन् २००६ मा जर्मनीमा भएको विश्वकप फुटबलको फाइनलमा पुगेको फ्रान्स ईटालीसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो ।

 

१९९८ मा आफ्नै देशमा आयोजित विश्वकप फुटबलमा भने फाइनलमा ब्राजिललाई हराउँदै फ्रान्सले उपाधि जितेको थियो । फ्रान्स यसपटक विश्वकप फुटबलको दोस्रो उपाधिको खोजीमा छ ।

 

प्रतिकृया दिनुहोस

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल

विश्वकप फुटबलको खेलतालिका - नेपाली समयअनुसार

यहि जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले

नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित