त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

 

      Image result for त्रिशूली जलविद्युत् केन्द्रमा भइरहेको आगलागी

 

त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब साढे एक बजे आगलागी भएको हो । आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षक (असई) राजु लामिछानेका अनुसार विद्युत् उत्पादन गर्ने तीनवटा उपकरण क्षतिग्रस्त भएको छ । दिउँसो करिब पौने ३ बजे लागेको आगो नेपाली सेना, प्रहरी, कर्मचारी लगायतको सक्रियतामा निभाइएको थियो।

 

आगो निभाउन पानी, ग्यास प्रयोग गरिएको थियो।२४ मेगावाट क्षमताको विद्युत् केन्द्रमा आगलागी भएपछि विद्युत् उत्पादन ठप्प छ। जसका कारण जिल्लाका अधिकांश ठाउँमा बिजुली सेवा अवरुद्ध हुन पुगेको छ। बुधबार मध्यान्हसम्ममाविद्युत् सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

 

 

                                           

 

 

 

 

प्रतिकृया दिनुहोस

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख बजेट विनियोजन

  रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा

नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने

  नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिए

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फलफूल र लाङटाङ