गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५

पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । आज बिहान अबिरल बर्षाले स्थानिय गेर्खु  खोलामा आएको बाढीले विदुर नगरपालिका–१को सिमुटार  र विदुर नपा–१० गेर्खु गाउ जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकोले  यातायात ठप्प भएको जिल्ला  प्रहरी कार्यालयले  जनाएको छ । 

                                       

 

                 

 

                     

 

 

सडक नै कटान भएकाले निर्माणका लागी गल्छी –त्रिशुली –मैलुुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाको  निर्माण कम्पनी सँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको नुवाकोट  प्रहरी प्रमुख बसन्तवहादुर  कुवरले बताउनु भयो । यसै बिच बिदुर नगर पालिका वडा नम्वर १० गेर्खुको सयौ खेति योग्य जमिन पनि  हिजो आएको बाढीले बगरमा परिणत गरेको गेर्खुका सुर्दशन प्याकुरेलले बताउनु भयो । 


यसै बिच , बाढी र पहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ । बाढी र पहिरोले घर बगाउँदा लाखौंको क्षति भएको  छ । जिल्लामा विभिन्न स्थानमा आएका गएराती आएको पहिरो र बाढीले घर, पशु चौपाय तथा धनमाल बगाएको प्रहरीले जनाएको छ । सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालीका–३ कितिली बगरका  ओम बहादुर तामाङको पक्की घर र घर भित्र रहेको २० मुरी धान, लत्ता कपडा,  नगद ८५ हजाररुपैया  क्षेती भएको जिल्ला प्रहरी नुवाकोटले जानकारी दिएको छ । तामाङको . २ लाख रुपैया भन्दा बढीको क्षति भएको प्रहरी जनाएको  छ । 


सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धान समेत बगाउदा  एक लाखरुपैया को क्षति भएको छ । सोही स्थानमा जितबहादुर तामाङ ८ रोपनी खेत, रुद्रबहादुर तामाङको ३ रोपनी, कृष्णबहादुर तामाङको ३ रोपनी, नुरबतासी बहादुर तामाङको ३ रोपनी खेत समेत खोलाले बगाएर बगर बनाएको प्रहरीले जनाएको  छ । 


यस्तै, बेलकोटगढी नपा–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको २ वटा घर र घरमा रहेको किराना पसल, मासु पसल समेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ । पसल सञ्चालक रामराजा तामाङ र श्रीमति शुभलक्ष्मी सामान्या घाइते भएको र बाढीको कारण  ८ लाखरुपैया को क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 


यस्तै, गएरातीकै पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ । घरमा रहेको तीन वटा बाख्रा, अन्नपात, लत्ता कपडा समेत बगाएको छ । पहिरोले दुई घर बगाउँदा  ६ लाखरुपैया को क्षति भएको प्रहरीले जनाएको  छ । 


यस्तै, तादी गाउँपालिका–६ आलडाडाका डोरबहादुर तामाङकोे २ वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ । पहिरोबाट मानिस जोगिए पनि २५ वटा बाख्रा, गाई गोरु प्नि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएको छ । उनीहरुको ७ लाख रुपैया क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, गए राती नै विदुर नपा–२ पाटीपानीका अर्जुन कसाईको घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५ पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।   कन्टेनर डिब्बा

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख बजेट विनियोजन

  रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा