पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।

 

कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान गोसाइँकुण्ड गाउँपालिका–५ त्रिशूली नदी छेउमा पहिरो गई पासाङ ल्हामु राजमार्ग क्षति भएपछि सवारी आवागमन पूर्णरुपमा बन्द हँुदा केरुङबाट स्याउ बोकी आएका ३०–४० वटा कन्टेनर डिब्बा ठूलो भार्खुदेखि स्याफ्रुबेँशीसम्म सडकका विभिन्न भागमा अलपत्र परेकोले स्याउ कुहिने सम्भावना बढ्दै गएको हो ।

 

पहिरो गएको २४ घण्टा बितिसक्दा पनि राजमार्ग सञ्चालनको तयारी नहुँदा श्रम गरेर जीविकोपार्जन गर्ने डिब्बा चालकलाई ठूलो मर्का परेकाले शीघ्र मर्मतका लागि सरोकार निकायसामु अग्रह गरिएको चालक लामाले बताउनुभयो ।

 

केही दिन अगाडि बाढी पहिरोका कारण रसुवागढी नजीक खोलाले कटान गरी सडक क्षति पु¥याएको र अर्काेतर्फ घट्टेखोला पुलसमेत ठाडो खोलाले क्षति पु¥याइ असहज परिस्थितिमा समेत डेढ किलोमिटर क्षेत्रमा मानिसद्वारा बोकाइ पल्टी गरेर ल्याएको स्याउ पुनःपल्टी गर्ने सम्भावनासमेत नभएबाट सडक पहिरो व्यवस्थापन गरिदिन आग्रह गरिदिएको सवारी धनी स्थानीय घ्युर्मी लामाले बताउनुभयो ।

 

क्षति भएको स्थानमाथितर्फ पहिरो तल तिर त्रिशूली नदीको चर्काे पानीको बहावले असहज अवस्था भए पनि कुनातर्फबाट छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि सामान जुटाउने काम अघि बढिसकेको डिभिजन सडक प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो । 

                                     

अलपत्र कन्टेनर डिब्बामा करीब एक करोड ६८ लाखभन्दा बढीको स्याउ रहेको बताउँदै डिब्बा धनीसमेत रहेका स्थानीय घ्युर्मी लामाले नेपालको एकमात्र उत्तरी नाका रसुवागढी व्यवस्थित पार्न सडक कार्यालयले विपद् व्यवस्थापनको निर्माण सामग्री समयमै मौज्दात राख्ने वातावरणको सिर्जना गरी दिनसमेत आग्रह गर्नुभएको छ ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने आफ्नो कार्यक्षेत्रको आधार इलाकामा पर्ने राजमार्ग छिटो छरितो सुचारु गर्न स्थानीय सरकारका तर्फबाट सरोकारवाला निकायलाई तर ताकेता भइरहेको र पहिरो स्थल छोटा दूरीको भएकाले मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रु र नेपाल भित्रने चिनियाँ पर्यटकलाई तत्कालको समयमा मोटर पल्टी गरी ओहरदोहर गराउन सम्बन्धित टे«किङ एजेन्सीलाई सुझाव दिइएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

आज पनिदशैको टीका लगाइदै

३ कात्तिक,नुवाकोट –आज पनिदशैको टीका लगाइदै  बडादशै अन्तर्गत आज पनि नवदुर्गा भवानीको प्रसाद टिका र जमरा लगाएर मान्यजन बाट आशिषलिन व्यस्त छन् । एकै

गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५ पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब