आज पनिदशैको टीका लगाइदै

३ कात्तिक,नुवाकोट –आज पनिदशैको टीका लगाइदै 

बडादशै अन्तर्गत आज पनि नवदुर्गा भवानीको प्रसाद टिका र जमरा लगाएर मान्यजन बाट आशिषलिन व्यस्त छन् । एकै दिन टिका लगाउन नभ्यानेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ भने पश्चिम क्षेत्रहरुमाचाँहिदशमीको एक दिनमात्रै टिका लगाउने चलन छ । दुर्गा विसर्जनपछि परिवारमा सवैभन्दा जेठो व्यक्तिसँग क्रमसः टिका थापेकाहरु आजबाँकी आफन्तको घरमा टिकाटालो गर्न जाने गर्दछन् ।

विशेष गरी मामाघर, ससुराली र बुढोमावलीमा मान्यजनबाट टिका लगाउनजाने चलन छ । परिवारमा जेठो व्यक्तिले दशैंको टीका लगाइदिएपछि गच्छे अनुसारको दक्षिणा दिने चलन छ भने  आफन्तको घरमा टिका लगाउनजाँदा कोसेली लैजाने चलन छ । अझ पहिलोपल्ट ससूराली जानेहरुले विशेष कोसेली तथा उपहारहरु लैजाने गर्छन् । मान्यजनहरुले छोरी, ज्वाई, भान्जा भान्जीलाई टिकासँगै आशिर्वाद र दक्षिणा पनिदिने चलन छ । त्यस्तै, दशैंको टिकाको दिनपिङ्मा मच्चिएर एकछिन भएपनि धर्ती छोड्नुपर्छ भन्ने मान्यताका साथ अधिकांस गाउकाखर्क, देउराली तथा चौराहरुमा दिनभर पिङ्मा मच्चिनेहरुको जमघट देखिन्छे । दशैंको बेलाविशेष गरी किशोर पुस्ताले चङ्गा उडाएर मनोरञ्जन लिन्छन् ।

प्रतिकृया दिनुहोस

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५ पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।   कन्टेनर डिब्बा

गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५ पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब