‘लिलिबिली’ पछि ‘सोलीडोली’मा अनुबन्धित भए प्रदीप

चैत ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लिलिबिली’का नायक प्रदीप खड्का अर्को चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छ । मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिलिबिली’ प्रदर्शनमा नआउँदै उनकै निर्देशनमा बन्ने अर्को चलचित्रमा प्रदीप अनुबन्धित भएका हुन् ।

 

प्रदीप अनुबन्धित भएको चलचित्रको नाम ‘सोलीडोली’ हो । तर यस बिषयमा प्रदीप र मिलनले कुनै पनि आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् । पहिलो चलचित्र ‘स्केप’मा कसैले पनि वास्ता नगरेका प्रदीप दोश्रो चलचित्र ‘प्रेमगीत’बाट हिट भएका हुन् । उनको तेश्रो चलचित्र ‘प्रेमगीत २’ सुपरहिट बन्यो भने चौथो चलचित्र ‘लिलिबिली’ पनि सुपरहिट बन्नेमा निर्माणपक्ष आशावादी छ ।

प्रतिकृया दिनुहोस

पूर्व ‘मिस नेपाल’ निकिता फिल्ममा

  पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान,

‘डामाडोल’ फिल्ममा निश्चलको जोडी स्वस्तिमा

  यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ टिम फेरि नयाँ फिल्म निर्माणमा जुटेको छ । ‘डामाडोल’ नाम राखिएको फिल्ममा ‘दुई रुपैयाँ’ कै

‘नाईं नभन्नु ल ५’ मा केकीको विशेष भूमिकामा इन्ट्री

    नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा