उर्जाको नयाँ स्रोतः बोटविरुवाबाट बिजुली !

जलविद्युत गृह, कोइला, फोसिल फ्युल र आणविक शक्ति प्रयोग गरेर हामी विद्युतीय ऊर्जा उत्पादन गर्ने गर्छौ । यी सबैको आ-आफ्ना खराब पक्षहरू छन् । जस्तो कि, पानीको अभाव, अन्तरराज्य कलह, वातावरण प्रदूषण, हरितगृह ग्यासहरुको उत्पादन, रेडियो विकिरणबाट सुरक्षाका सवाल आदि सबै कुराहरू यस्ता ऊर्जा उत्पादनसँगै जोडिएर आउँछन् ।के हामीले प्रदूषणमुक्त र प्रकृतिमैत्री उर्जागृहहरु बनाउन सक्दैनौँ ?

 

यो विषयमा जीव विज्ञानले एक विकल्प सुझाएजस्तो देखिन्छ । नेदरल्याण्डको वागिनिन्गेन विश्वविद्यालयका डा. मार्जोलिन हेल्डर नेतृत्वको अनुसन्धानकर्ताहरुले जीवित बोटबिरुवा र तीनको जरामुनिको माटोका सूक्ष्म कीटाणुबाट विद्युतीय ऊर्जा निकाल्न सकिने एक तरिका पत्ता लगाएका छन् । बिरुवाहरूले सुर्यकिरण, पानी र वायुमण्डलको कार्बनडाइअक्साइडबाट खाना बनाउने विधि फोटोसेन्थेसिस गर्छन् । हामीलाई चाहिने अक्सिजन पनि बनाउँछन् । यसरी बिरुवाबाट आएका अर्गानिक वस्तुहरू जरामुनिका सूक्ष्म किटाणुले पचाउँछन् । र, यो पचाउने प्रक्रियामा कार्बनडाइअक्साइडका साथै हाइड्रोजन आएन र इलेक्ट्रोनहरु उत्पादन गर्छन् ।

 

माथि बिरुवाले खाना बनाउने प्रक्रिया जारी राख्दा तल जराको ब्याक्टेरियाले पोजेटिभ र नेगेटिभ आयनहरु निकाल्दै विद्युतीय ऊर्जा उत्पादन प्रक्रिया अगाडि बढाउँछ । यसरी निस्किएका इलेक्ट्रोडहरु उचित अवस्थामा राखेर डा. मार्जोलिन होल्डरले हामीले ब्याट्रीबाट निकाले जस्तैगरि विद्युतीय ऊर्जा उत्पादन गरे । यो विधिबाट उत्पादन गरिने विद्युतीय ऊर्जालाई प्लान्ट माइक्रोबाएल ˆयुल सेल्स (पिएमएफसी) नामाकरण गरिएको छ ।

 

यसको  तरिकाको ऊर्जा उत्पादन बडो सजिलो र पूर्ण रूपमा प्राकृतिक छ । वातावरण मैत्री पनि छ । यसको लागि कुनै बाहिरी वस्तुहरू जोड्न आवश्यक पनि छैन । यो सामान्य प्रकृतिको चक्रिय प्रणालीको एक भाग मात्रै हो ।

 

कति विद्युतीय ऊर्जा निक्लन्छ पिएमएफसी प्रविधिबाट ?

यो कुरा आकारमा भर पर्छ । ५० वर्ग सेन्टिमिटरको प्लट भएको बिरुवाबाट ५० भोल्ट बिजुली उत्पादन गर्न सकिन्छ । १०० वर्ग मिटरको बगैँचाबाट भने एउटा मोबाइल चार्ज गर्न र एलइडी बल्ब बाल्न पुग्ने बिजुली उत्पादन हुनसक्छ ।  वागिनिन्गेन विश्वविद्यालयको भवन भने पिएसएफसी प्रविधिबाटै झलमल गरिएको छ । विश्वविद्यालय नजिकैको सहर टिल्बर्गमा मोबाइल चार्जिङ स्टेसन पनि यही प्रविधिको विद्युतबाट सञ्चालन गरिएको छ ।

 

यो प्रविधिले हरेक वर्गमिटरमा ३.२ वाट विद्युत् उत्पादन गर्नुपर्ने बताउँछ । तर, हाल उत्पादन भएको परिमाणको तुलनामा यो सोह्र भागको एक भाग मात्रै हो । त्यस कारण यो प्रविधिको ऊर्जा उत्पादनमा चुस्तता दिनलाई राम्रो भूमिका  देखाउने सूक्ष्म किटाणु, घाँसै मैदान, कषिभूमि र अन्नबाली उत्पादनका माइलका माइल क्षेत्रहरू थप्न सकिन्छ । यी कुराहरूले मूल्य मुनाफा दर पनि स्वीकार्य अनुपातमा ल्याउन सक्छ । यही प्रविधि अपनाएर आˆनो प्रदेशभरि विद्युत् उत्पादन गर्न डा. मार्जोन हेल्डरले भारतीय राज्य आन्” प्रदेशका मुख्यमन्त्री एन. चन्ऽबाबु नैदुलाइ आग्रह गरेका छन् ।

 

जूनकिरी जस्तै चम्कने बिरुवा

बिरुवाबाटै विद्युत् निकाल्ने अर्को नाटकिय प्रविधि पनि विकास भएको छ । यो प्रविधिमा बिरुवाको जरामुनि रहेको माटोका सूक्ष्म जीवाणुहरू नभएर सिधै बिरुवाबाटै बिजुली निक्लन्छ । अमेरिकाको शिक्षण संस्था एमआइटिका डा. माइकल स्त्रान्तोले यो प्रविधिको विकास गरेका हुन् । यो प्रविधिलाई ‘बिरुवाबाट कसरी बिजुली निकाल्ने’ भन्ने आइडियाले जन्माएको भनिन्छ । हामीलाई थाहा छ कि बिरुवाले सूर्यकिरण लिन्छ र पानीका कणहरू र वायुमण्डलीय कार्बन डाइअक्साइडलाइ चिनीमा परिणत गर्छ ।

 

डा. सान्त्रोको समूह भने बिरुवाले उज्यालोको किरण लिने मात्रै हैन दिने पनि बनाउने सोचमा छन्, ताकि हामीले टेबल बत्तीको रूपमा कुनै बिरुवालाई प्रयोग गर्न सकौँ । जसको प्रकाशले पुस्तक पढ्न सकियोस । अर्को शब्दमा भन्दा जुनकिरीजस्तै चम्कने बिरुवाहरू बनाउने उनीहरूको योजना हो ।

 

जुनकिरी चम्कन्छ किनभने यसमा एक इन्जाइम हुन्छ जसले लुसिफेरिन नामक प्रकाशका कणलाई अक्सीलुसिफेरिनमा परिवर्तन गर्छ । यही प्रक्रियामा उत्पन्न हुने ऊर्जा  नै उज्यालो प्रकाशको रूपमा आउँछ । अहिले बिरुवामा लुसिफेरिन हुँदैन । तर, कसैगरी हामीले लुसिफेरिन बिरुवामा हाल्न सक्यौ भने चाहिँ बिरुवाले पनि प्रकाश फाल्न थाल्छ । यही हो बिरुवाबाट बिजुली निकाल्ने अमेरिकी डा. स्त्रान्तोको आइडिया । यसको लागी उनले ‘नानोपार्टिकल्स’ प्रविधिको प्रयोग गरे ।

 

रायोको साग र पालुंगोको सागलाई परीक्षण बिरुवाको रूपमा प्रयोग गरेर डा. स्त्रान्तोको समूहले सिलिकाले बनेको पार्टिकल्स लुसिफेरेस हालेर प्याक गरे । त्यसपछि, उनीहरूले पोलिमरले बनेको नानोपार्टिकल्समा लुसिफेरिन हालेर प्याक गरे । हरेक नानोपार्टिकल्समा एक ट्याग प्रयोग गरियो जसले बिरुवाको एक खास भागमा पुर्‍याउन सहज पाथ्र्यो । त्यसपछि उनीहरूले ‘को-इन्जाइम ए’ नामक कण प्याक गरेर ननपार्टिकल भन्ने तेस्रो प्रणाली विकास गरे । यसको काम लुसिफेरिनको प्रक्रियालाई हटाउनु हो जसले लुसिफेरिनको थप रासायनिक प्रक्रियाहरू रोक्थ्यो ।

 

त्यसपछि उनीहरूले बिरुवालाई पानीमा डुबाए । पानीमा डुबाएर तीन चरणमा नानोपार्टिकल्सहरु थपे । त्यसपछि उच्च दबाब दिएर नानोपार्टिकल्सहरु बिरुवाका खासखास ठाउँमा पुगेर बस्ने बनाए । त्योपछि रसायनिक प्रतिक्रिया बढेर गयो । र, बिरुवाले चमक दिन थाल्यो । यो तीन घण्टा सम्म चल्यो । अवश्य पनि बिरुवाबाट उज्यालो निकाल्न, यसको चमक दिने समय अनि अन्य कुराहरू बढाउन धेरै सुधारहरू आवश्यक छन् । र, बत्ती नचाहिदा कसरी निभाउने, स्विच राख्ने भन्ने विषयमा पनि अनुसन्धान हुन जरुरी छ । प्रक्रियागत हिसाबले हेर्दा, यी सबै निकट भविष्यमा गर्न सकिने कामहरू हुन् ।

 

यसको पुष्टि गर्दै डा. स्त्रान्तो भन्छन्, ‘हाम्रो कामले सडक किनारका रुखहरूलाई ‘टि्रट’ गरेर सडक बत्ती बाल्ने प्रस्थान बिन्दु बनाएको छ ।’ (अंग्रजी भाषाको भारतीय अखबार ‘द हिन्दु’मा प्रकाशित यो सामग्री विराट अनुपमले भावानुवाद गरेका हुन् )

प्रतिकृया दिनुहोस

बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने

  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ ।  लामो समयदेखि आयोजना कुन

बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने

  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ ।  लामो समयदेखि आयोजना कुन

‘प्रविधिमैत्री समाज आजको आवश्यकता हो’- राज्यमन्त्री बाँस्कोटा

  नयाँ प्रविधिलाई आवश्यकता र क्षमताअनुसार समायोजन गरेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ । ४९औं विश्व दूरसन्चार दिवसको अवसरमा बिहीबार काठमाडौंमा