बच्चाका लागि स्मार्ट ब्रस : गेम खेल्दै, दाँत माझ्दै

धेरै बालबालिकाहरु ब्रस गर्न अल्छि मान्छन् । तर, गेम खेल्न भने जहिलेसुकै तयार हुन्छन् । उनीहरुको यही प्रवृत्तिलाई ख्याल गर्दै फ्रेन्च कम्पनी कोलिब्रिले यस्तो ब्रस ल्याएको छ, जसले दाँत माझिरहेको बेला सँगसँगै गेम खेल्न सकिन्छ । यो डिभाइस मोसन ट्रयाकिङ एपबाट स्मार्टफोनमा जोड्न सकिन्छ । फ्रन्ट क्यामेराको सहायताले यसमा बच्चाबच्चीलाई स्मार्टफोनको बिचमा राख्न सकिन्छ ।

 

यसमा बच्चाबच्चीले १५ वटा फरक-फरक गेम छान्न सक्छन् । साथै यो टुथ ब्रसको सहायताले बाबुआमाले बच्चाहरुको ब्रस गर्ने बानीबारे बुझ्न सक्छन् । यसबाट आफ्नो बच्चाले दिनमा कतिपटक कति समयसम्म ब्रस गरेको छ भन्नेबारेमा जानकारी लिन सकिन्छ । गेम खेल्नकै लागि धेरैपटक बच्चाहरुले ब्रस गर्छन् कि भन्ने धेरैलाई चिन्ता हुनसक्छ । तर, यो ब्रसले दिनमा तीनपटक भन्दा बढी गेम खेल्न दिँदैन । साथै यसले ब्रस कसरी गर्ने भन्नेबारेमा शिक्षा दिन्छ । म्यागिकले यही वर्ष ३० अमेरीकन डलरभन्दा कम मूल्यमा यो स्मार्ट ब्रस उत्पादन गर्ने योजना बनाएको छ ।

 

प्रतिकृया दिनुहोस

मंगलबारदेखि कार्यालय समयमा मन्त्रालयमा फेसबुक नचल्ने

कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ। कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन

आजको दिन, दिन र रात बराबर हुने

  आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण

उर्जाको नयाँ स्रोतः बोटविरुवाबाट बिजुली !

जलविद्युत गृह, कोइला, फोसिल फ्युल र आणविक शक्ति प्रयोग गरेर हामी विद्युतीय ऊर्जा उत्पादन गर्ने गर्छौ । यी सबैको आ-आफ्ना खराब पक्षहरू छन् । जस्तो कि,