टेलिभिजनका कलाकारहरुलाई लिएर ‘भीमसेन’ बनाउँदै कला राई

चलचित्र ‘भीमसेन’ बन्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच यो चलचित्रको घोषणा भएसँगै चलचित्र बन्ने भएको हो । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुति चलचित्र ‘भीमसेन’ कमेडी, लभ र एक्सनप्रदान रहने निर्माणपक्षले जनाएको छ । भोमान कटुवालको निर्देशनमा बन्न लागेको यो चलचित्रको निर्माता कला राई रहेकी छन् ।लचित्रमा राजु किराती राईको द्वन्द्व निर्देशन, राजन ढुंगेलको संवाद, भोमन कटुवालको कथा, पवन गौतमको छायाँकन, अनिल महर्जनको सम्पादन र ओम सुनुवारको सङ्गीत रहने छ ।

 

संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्रकुमार राईलगायतका कलाकारको अभिनय रहने यो चलचित्रमा अन्य कलाकारको छनोट भइरहेको भोमान कटुवालले बताए ।नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वितरक गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, चलचित्र निर्माण युनिट, कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थितिमा चलचित्रको शुभ मुहूर्त समेत गरिएको थियो । चैतको पहिलो हप्ताबाट छायाँकन गरिने चलचित्रलाई काठमाडौं आसपासका क्षेत्रमा छायाँकन गरिने छ ।

प्रतिकृया दिनुहोस

बलिउडका प्रख्यात निर्देशक सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे

       बलिउडका प्रख्यात निर्देशक तथा पटकथाकार तथा निर्माता सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे। उनले ओशो तपोवनका

छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिए

  दिपकराज गिरी र दीपाश्री निरौला फिल्म छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् । हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म

नेपाली चलचित्र ‘दि कर्मा’ भदौमा रिलिज हुने

नेपाली चलचित्र ‘दि कर्मा’मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । चलचित्रको छायांकन सकेर