नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

     

एक दिवसीय क्रिकेट खेल्ने मान्यतासहितको ऐतिहासिक सफलता बोकेर नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फकदैछन् । जिम्बावेमा सहभागि एक सय १० टिममध्ये आठौँ भएको नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि पहिलो पटक ऐतिहासिक सफलता हात पारेको हो । एसोसिएट राष्ट्रमध्ये शीर्ष स्थानमा रहन सफल भएपछि समूह चरणमा शीर्ष स्थान रहन नसकेपछि नेपालले क्रस प्लेअफमा पपुअ न्यूगिनीलाई पराजित गरेको थियो भने सातौँ स्थानको प्लेअफमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

 

एकदिवसीय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाएको छ । नेपालले आईसीसीबाट पाउदै गरेको आर्थिक तथा अन्य सुविधामा उच्च वृद्धि हुनेछ । त्यस्तै नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता उच्च श्रेणीको क्रिकेट खेल्ने मौका पाउनेछ ।

प्रतिकृया दिनुहोस

कोलकातासँग दिल्ली ७१ रनले पराजित

           इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आज राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई फराकिलो हारको स्वाद चखाएको छ

आइपीएलमा दिल्लीको पहिलो जित

नयाँदिल्ली      इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको दिल्लीले

गएराति भएको खेलमा कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

       इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको